Rumpum Advertisement

परीक्षण पूरा गरिएका देशमा चिनिया भ्याक्सिन पठाइने

Neuro
परीक्षण पूरा गरिएका देशमा चिनिया भ्याक्सिन पठाइने

विराटनगर / दक्षिणी चीनको सेन्जेन अन्तर्राष्ट्रिय विमानस्थलको खैरो रङको गोदाममा तापमान देखाउने उपकरण जोडिएको सामग्री राखिएको छ । गोदामको सुरक्षाका लागि मुखमा मास्क, सर्जिक लगाएका सुरक्षाकर्मी खटिएका छन् । गोदामभित्र पस्ने जोकोहीले दुई साता क्वारेन्टाइन बस्नुपर्छ ।

चाइनाको राष्ट्रिय औषधि नियन्त्रण निकायबाट अनुमति पाएको खण्डमा निर्माण गरिएका खोपलाई विभिन्न देशहरुमा पठाइनेछ । चीनले भ्याक्सिन परीक्षण भएका देशहरुमा खोप पठाउनेछ ।

वासिंगनस्थित विश्व स्वास्थ्य परिषदको सदस्य याङजोङ हुवाङका अनुुसार भ्याक्सिन वितरणपछि चीनले आफ्नो प्रभाव बढाउनेछ । चीनले महामारीको सुरुवाती अवस्थामा विभिन्न देशहरुलाई मेडिकल उपकरण र मास्क सहयोग गरेको थियो ।

खोप निर्यात आवयश्यकता वा रणनीति

चीनले कोरोना भाइरस खोप निर्माण कार्यलाई तीव्रता दिएको छ र चारवटा कम्पनीहरुको सहकार्यमा निर्माण गरिएको पाँचवटा खोप तेश्रो चरणको क्लिनिकल परीक्षणमा छन् । अन्तिम चरणमा आएको परिणामको आधारमा मात्र सम्बन्धित स्वास्थ्य निकायले स्वीकृति दिने नदिने निर्णय गर्दछ ।

चीनले आफ्नो देशको विभिन्न भागमा सफलतापूर्वक परीक्षणहरु सम्पन्न गरेको थियो । तर चीनको औषधि निर्माता कम्पनीले १६ वटा देशमा परीक्षण गरेका छन् ।

परीक्षण भएका देशहरुलाई सफल र प्रभावकारी खोप दिने प्रतिबद्धता जनएको थियो ।

बेइजिङस्थित सिनोभ्याक बायोटेक कम्पनीले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने सहमति गरिसकेको छ । त्यसैगरी इन्डोनेसियामा चार करोड खोप बल्कमा निर्माण गर्नेछ ।

क्यानसिनो बायोलजिक्सले चीनिया सेना अनुसन्धान इकाइसँगको सहकार्यमा कोरोना भाइरसको खोप निर्माण गरेको छ । उसले निर्माण गर्नेमध्ये तीन करोड ५० लाख डोज मेक्सिकोमा पठाउनेछ ।

राज्यको स्वामित्वमा रहेको नेसनल फर्मास्युटिक ग्रुप (सिनोफर्म)ले देशहरुसँग गरेको सम्झौताबारे केही बोलेको छैन । सो कम्पनीले निर्माण गरिएको खोप मध्यपूर्व र दक्षिण अमेरिकाको १० देशहरुमा अन्तिम चरणको परीक्षणमा छ ।

संयुक्त अरब इमिरेट्स दुबईका शेख मोहम्मद बिन रशिदमकतुमले खोप लगाए र आपतकालीन प्रयोगका लागि स्वीकृतिसमेत दिएका छन् । इमिरेट्स र सिनोफार्म कम्पनीको सहयोगमा आगामी वर्षसम्म सात करोड ५० लाखदेखि एक अर्ब डोज भ्याक्सिन निर्माण गर्ने लक्ष्य राखेका छन् ।