Rumpum Advertisement

सुन तोलामा एक हजार छ सयले वृद्धि

सुन तोलामा एक हजार छ सयले वृद्धि

काठमाडौँ

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६ सयले उकालो लागेको छ । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६ सयले वृद्धि भई ९२ हजार ६ सयमा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६ सयले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९० हजार पाँच सय ५० मा बुधबार कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार एक सय ५० मा खरिदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला एक हजार एक सय ८५ मा बुधबार कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा खरिदबिक्री भएको छ ।