Rumpum Advertisement

‘द भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु

‘द भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु

विराटनगर

नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को डिजिटल अडिसन सुरु भएको छ ।

सांगीतिक कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को पहिलो र दोस्रो संस्करणलाई दर्शकहरुले निकै रुचाएसँगै यसको तेस्रो संस्करण पनि आउन लागेको हो । देशको दुरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने सबै प्रतिभाको सहज पहुँच होस् भनेर भ्वाइस अफ नेपालले डिजिटल अडिसन लिँदै आएको छ ।

डिजिटल अडिसनमा सहभागीहरुले ‘भ्वाइस अफ नेपाल’को एप्लिकेसनमार्फत् गीत गाएको भिडियो पठाउनु पर्ने छ । रेकर्ड गरेर पठाएको भ्वाइस राम्रो भएमा ब्लाइन्ड अडिसनको लागि बोलाइनेछ ।