Rumpum Advertisement

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

विराटनगर

ट्रयाक्टर दुर्घटनामा बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिह गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट १० वर्षीय रेहना खातुनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२त २०२३ को ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १० वर्षीय रेहना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा हरिनगर–८ का ३० को इरफान मियाँँ सामन्य घाइते भएकी छन् । उनकी भतिजी १२ वर्षीय रक्सना खातुन सामन्य घाइते भएकी छन् । घाइतको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । ट्रयाक्टर चालक सोही स्थानका ३२ वर्षीय अनिल उराँवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।