Rumpum Advertisement

नेपालका यी चर्चित सेलिब्रेटीहरु विवाह गर्ने सुरसारमा

Neuro
नेपालका यी चर्चित सेलिब्रेटीहरु विवाह गर्ने सुरसारमा

विराटनगर

रेश्मा घिमिरे : टिकटक स्टार रेश्मा घिमिरे लगनगाँठो कस्ने सुरसारमा छिन् । बुधबार विराटनगरको एक होटलमा उनले प्रभात बासुसँग इन्गेजमेन्ट गरेकी हुन् । रेश्मा पेशाले नर्स हुन भने उनको हुनेवाला श्रीमान् पेसाले चिकित्सक हुन् । लामो समयदेखिको यो प्रेम सम्बन्ध अब चाँडै विवाहको बन्धनमा बाधिँदैछ । उनीहरुको विवाहको मिति भने तय भएको छैन ।

रमेश प्रसाईं : प्रखर वक्ता तथा गायक रमेश प्रसाईँ विवाह गर्ने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । रमेश र नन्दाको विवाह यही मङ्सिर २२ गते सोमबारका दिन हुने भएको छ ।

श्वेता खड्का : भनिन्छ नेपाल हल्लैहल्लाको देश हो । यही हल्लाको कुरा गर्ने हो भने केही समययता नायिका श्वेता खड्काको बिहेको विषयमा अनेक चर्चा चलिरहेका थिए । श्वेताले भने त्यो खबर साँचो नभएको बताउँदै आएकी थिइन् । तर बुधबार एकाएक सामाजिक सञ्जालमा नायिका खड्काको विवाहको कार्ड भाइरल बनिरहेका छन् ।

यहीँ मङ्सिर २२ गते उनको विवाह हुने दुलाह पक्षको तर्फबाट विवाह कार्ड बाहिरिएको हो । कार्डमा उल्लेख गरिएअनुसार श्वेताले विजयेन्द्रसिंह रावतसँग विवाह गर्दैछिन् । उनीहरुको विहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

नायिका श्वेता खड्काले चलचित्र ‘कहाँ भेटिएला’ बाट डेब्यु गरेकी हुन् । उनले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, विहे भएको करिब एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।