Rumpum Advertisement

लाजियोसँग बराबरी खेल्दै डर्टमुण्ड नकआउट चरणमा

लाजियोसँग बराबरी खेल्दै डर्टमुण्ड नकआउट चरणमा

विराटनगर, १८ मङ्सिर । जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको पाँचौ खेलमा इटालियन लाजियोसँग १–१ गोलको बराबरी खेल्दै डर्टमुण्ड अघिल्लो चरणमा प्रवेश गरेको हो ।

डर्टमुण्डको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । ४४औं मिनेटमा राफेल गुइरेर्रोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

६७औं मिनेटमा सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गरेपछि लाजियो बराबरीमा फर्कियो । र, बाँकी समय गोल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे ।

यससँगै समूह ‘एफ’को डर्टमुण्डले १० अंक जोड्दै अघिल्लो चरणमा स्थान बनायो । ऊ सो समूहको शीर्ष स्थानमा छ ।

पराजित लाजियो भने ९ अंकका साथ दोस्रो स्थानमा छ ।