Rumpum Advertisement

चिनिया खोप युद्धस्तरमा वितरण गरिने

Neuro
चिनिया खोप युद्धस्तरमा वितरण गरिने

विराटनगर, १८ मंसिर । विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ ।

दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ । सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिँदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन पूरा गरेको हुनुपर्ने वा टाउकोदेखि पैताला ढाक्ने पहिरन लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

३५० वर्गमिटरमा फैलिएको तापक्रम नियन्त्रित कोठाहरुमा छिट्टै चीनले विकास गरेको खोपले भरिभराउ हुनेछ । चिनीयाँ औषधि नियामक निकायले खोपको स्वीकृति दिएपछि विमानस्थलको उक्त च्याम्बरमा खोप लगिनेछ । त्यहाँबाट जेटसम्म पुर्याउँदा तापक्रम नियन्त्रित उपकरण सहित विश्वका विभिन्न स्थानमा आपूर्ति गरिनेछ ।

चीनले तेस्रो चरणको ट्रायल गरेको राष्ट्रहरुमा सयौं लाख खोप आपूर्ति गर्ने तयारी गर्दैछ । चिनीयाँ नेतृत्वले खोपको सफलतापूर्बक परीक्षणपछि थुप्रै राष्ट्रमा आपूर्तिको प्रतिबद्धता समेत जनाएका छन् । खोप आपूर्ति गर्ने विश्वब्यापी अभियानले भएको सीएनएनले उल्लेख गरेको छ ।

चिनीयाँ परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय प्रभाव कायम गर्ने उपकरणको रुपमा चीनले खोपको प्रयोग गर्न सक्ने वाशिंगटनस्थित परराष्ट्र सम्बन्धमा विश्व स्वास्थ्य हेर्ने यान्झोंग हुआगं बताउँछन् । महामारीको सुरुवाती चरणमा चीनले मास्क र अन्य स्वास्थ्य उपकरण तथा सामग्री सहयोगमा उपलब्ध गराएर सद्भाव बनाउने प्रयास गरेको थियो । तर उक्त स्वास्थ्य सामग्रीको कमजोर गुणस्तरलाई लिएर पुनः चीनमाथि दोष लागेपछि वेइजिंगले कोरोनाभाइरसको अध्याय अन्त मोड्न खोजेको आरोप लागेको थियो ।

चीनले हाल चारवटा कम्पनीको पाँचवटा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ । खोप परीक्षणको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गरेर नियामक निकायबाट अनुमति लिने अवस्थामा पुगेको छ । चीनले हालसम्म १६ राष्ट्रमा खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारे तेस्रो चरणको परीक्षण गरिरहेको छ । बदलामा चीनले सफलतापूर्बक परीक्षणपछि खोपमा छिटोभन्दा छिटो पहुँच हुने प्रतिवद्धता गरेको छ ।

वेइजिंगस्थित सिनोभ्याक बायोटेकले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ । इन्डोनेसियामा उत्पादनका लागि सिनोभ्याकले चार करोड डोज बराबरको कच्चा खोप उपलब्ध गराउने सम्झौता गरेको छ । क्यानसिनो बायोलोजिक्सले मेक्सिकोलाई तीन करोड ५० लाख डोज खोप दिने सम्झौता गरेको छ । चिनीयाँ सेनाको अनुसन्धान इकाईले उक्त खोप विकास गर्दैछ ।

चीनको सरकारी स्वामित्वको नेशनल फर्मास्युटिकल्स ग्रुप (सिनोफार्म) को इकाई नेशनल बायोटेक ग्रुप (सीएनबीजी)ले खोप आपूर्तिको सम्झौताका लागि कम खुलेको छ । सीएनबीजीको दुईवटा खोप विभिन्न दश राष्ट्रमा तेस्रो चरणको परीक्षणमा छन् । अधिकांश मध्यपूर्ब र दक्षिण अमेरिकी राष्ट्र छन् ।