Rumpum Advertisement

युभेन्टसको सहज जित

Neuro
युभेन्टसको सहज जित

विराटनगर, १८ मङ्सिर । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इटालियन क्बल युभेन्टसले सहज जित निकालेको छ । बुधबार राति समूह चरणको पाँचौं खेलमा युभेन्टसले युक्रेनी क्लब डायनामो किभमाथि ३–० गोलको जित निकालेको हो ।

युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन क्रिस्टियानो रोनाल्डो, फेडेरिको चिसा र अल्भारो मोरोटोले समान एक–एक गोल गरे । खेलका २१औं मिनेटमा चिसाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

५७औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ६६औं मिनेटमा मोरोटाले गोल गरेपछि युभेन्टस ३–० गोलले विजयी भयो ।

जितसँगै युभेन्टससँग १२ अंक जोडेको छ । ऊ समूह ‘जी’को दोस्रो स्थानमा छ । सो समूहबाट बार्सिलोना र युभेन्टसले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

किभ भने एक अंकका साथ तेस्रो स्थानमा छ । पछिल्लो भेटमा पनि युभेन्टसले किभलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।