Rumpum Advertisement

परीक्षण कम भएसँगै घट्यो संक्रमितको संख्या

Neuro
परीक्षण कम भएसँगै घट्यो संक्रमितको संख्या

विराटनगर, १८ मंसिर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमण परीक्षणको दायरा कम भएसँगै संक्रमितको संख्यामा पनि कमी आएको छ ।

प्रदेशमा बुधबार ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३ महिला र ५९ पुरुष गरि ९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यसअघि प्रदेशमा दैनिक २ हजारसम्म परीक्षण हुने गरेकोमा पछिल्लो दिनमा त्यो संख्या घटेको छ । प्रदेशमा हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ । हाम्रोमत दैनिकमा समाचार छ