Rumpum Advertisement

विवाह गर्दै रेश्मा

विवाह गर्दै रेश्मा

विराटनगर, १७ मंसिर । लोकप्रिय भिडियो शेयरिङ एप ‘टिकटक’ स्टार रेश्मा घिमिरे विवाह बन्धनमा बाँधिने भएकी छन् । बुधबार उनले आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् ।

टिकटकमा १२ लाखभन्दा बढी फलोवर बनाएकी रेश्माले आज आफ्ना प्रेमी प्रभात बासुसँग इन्गेजमेन्ट गरेकी हुन् ।

रेश्मा पेसाले नर्स हुन् भने उनको हुनेवाला श्रीमान् पेसाले चिकित्सक हुन् । लामो समयदेखिको यो प्रेम सम्बन्ध अब चाँडै विवाहको बन्धनमा बाँधिदैछ ।