Rumpum Advertisement

पुसअप गर्न नसक्नुका कारण यस्ता

पुसअप गर्न नसक्नुका कारण यस्ता

विराटनगर, १७ मङ्सिर । राम्रो र सही तरिकाले पुसअप गर्ने मन हुँदाहुँदै पनि कहिलेकाँही सोचेको जस्तो हुँदैन । नियमित अभ्यास गर्दागर्दै पनि पुसअप गर्न असमर्थ हुनुहुन्छ भने सही तरिकाले नअपनाउँदा, वार्मअप नगर्नाले, श्वासप्रश्वास नमिल्दा, पोषणको कमी तथा कमजोरीका कारण पुसअप गर्दा बाधा पुग्न सक्छन् ।

मांसपेशी कमजोर छन् भने, यसले शरिरमा चोटपटकको खतरा हुन सक्छ । प्रोटीन, फाइबर, राम्रो फ्याट र अन्य स्वस्थ पोषक तत्वको सेवने मांसपेशीलाई अझ बलियो बनाउन र राम्रो प्रदर्शन गर्न मद्दत गर्छ ।

तौल तथा भारी उठाउँदा मांसपेशी बलियो हुने गर्छ, जसले अझ राम्रो प्रदर्शन गर्न क्षमता बढाउन मद्दत गर्छ । यसबाहेक, भारी तौल उठाउँदा चोटपटक लाग्ने सम्भावना कम हुन्छ । पुसअप गर्न अगाडि खुट्टा, पछाडि र काँधको व्यायाम गर्नु महत्त्वपूर्ण हुन्छ । साथै, पुसअप गर्नुअघि १० देखि २० मिनेटसम्म वार्मअपको गर्नुपर्छ । यसले मूल रूपमा कडा मांसपेशीलाई खुकुलो बनाउन मद्दत गर्छ जसले राम्रो प्रदर्शन गर्न सक्छ ।

वार्मअपविना कडा मांसपेशी भएमा पुसअप जस्तो व्यायाम गर्ने प्रयासले लड्ने सम्भावना बढ्छ । मांसपेशी थकित भएको बेला पनि सजिलै पुसअप गर्न सकिँदैन । यसैले, व्यायामको बीचबीचमा ब्रेक लिनुपर्ने हुन्छ ।

नियमित व्यायाम गर्दा हप्ताको एक दिनको आराम लिनु सधैं बढी फलदायी हुनेगर्छ । पुसअपलगायत अन्य कुनै व्यायाम गर्न सही आसन र गर्ने तरिकामा ध्यान पुर्‍याउनुपर्छ ।

धेरै समय व्यायाम गर्दा वा धेरै पटक पुसअप वा अन्य केही व्यायाम गरेपनि पनि प्रविधि सही नभएको खण्डमा गरिएका सबै प्रयास व्यर्थमा जान्छन् । व्यायाम गर्दा धेरैजसोले श्वासप्रश्वासमा ध्यान दिएका हुँदैनन् ।

व्यायाम गर्दा सही तरिकाले सास फेर्दा परिणाम पनि कल्पनाभन्दा बाहिरको हुन्छ । व्यायाम गर्दा उचित सास फेर्नाले शरीरमा अक्सिजनको स्तर बढ्छ, जसले धड्कनको दर बढाउँछ र परिणामस्वरुप बढी क्यालोरी जलाउन मद्दत गर्छ । रक्तप्रवाहमा अधिक अक्सिजनले पुसअप गर्न थप शक्ति दिन्छ ।