Rumpum Advertisement

विराटनगर महानगरपालिका अगाडि दीप प्रज्वलन

विराटनगर महानगरपालिका अगाडि दीप प्रज्वलन

विराटनगर, १७ मङ्सिर । विराटनगर महानगरपालिकाको कार्यालय अगाडि दीप प्रज्वलन गरिएको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महानगरपालिकाको कार्यालय अगाडि दीप प्रज्वलन गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयको आयोजनामा दीप प्रज्वलन भएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्कीलगायतको सहभागिता रहेको थियो ।