Rumpum Advertisement

नेता पौडेलको आपत्ति : प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजियो

नेता पौडेलको आपत्ति : प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजियो

तनहुँ, १७ मङ्सिर । निषेधाज्ञा तोडेका आरोपमा बुधबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि छाडिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका हुन् ।

प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए ।

उनले भने, ‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ । उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’

प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए । रासस