Rumpum Advertisement

सन्दीप कोरोना संक्रमणमुक्त

सन्दीप कोरोना संक्रमणमुक्त

विराटनगर, १७ मङ्सिर । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् सन्दीपले आफ्ना पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएका हुन् ।

सन्दीपले गत शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जनाएका थिए । सन्दीपले आफूलाई बुधबारबाट कोरोनाको लक्षणसमेत देखिएको बताएका थिए ।

कोरोना पुष्टि भइ उनी होम आइसोलेशन बसेका उनी सोमबार श्वास प्रश्वासमा केही समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई हेम्स अस्पताल भर्ना भएका थिए ।