Rumpum Advertisement

प्रभासको नयाँ फिल्म ‘सलार’ : एक्सन र सस्पेन्सको कम्बो

प्रभासको नयाँ फिल्म ‘सलार’ : एक्सन र सस्पेन्सको कम्बो

विराटनगर, १७ मंसिर । रेबेल स्टार प्रभासको नयाँ फिल्मको घोषणासँगै फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ । केही समय पहिले केजीएफ फिल्मका निर्देशक प्रशान्त नीलले बाहुबली स्टार प्रभासलाई आफ्नो फिल्ममा अनुबन्ध गर्ने हल्ला चलेको थियो ।

निर्देशक प्रशान्तले फिल्मको कथा सुनाउन प्रभासलाई हैदराबादमा भएटेका पनि थिए । अन्ततः केजीएफ फिल्मका निर्माण टिमसँग अब प्रभासले फिल्म गर्ने पक्का भएको छ । फिल्मका निर्माताहरूले ट्वीटरमा ट्वीट गर्दै फिल्म घोषणा गरेका हुन् ।

फिल्मको नाम सलार राखिएको छ । ‘सलार’ को अर्थ लिडर हो । फिल्ममा प्रभासको नाम सलार हुनेछ, जो सबैभन्दा हिंस्रकको भूमिकामा देखिने छन् । फिल्मको सुटिङ कहिलेबाट हुनेसम्बन्धी केही बताइएको छैन ।

तत्काल नै फिल्मको सुटिङ सुरु होला भन्न् सकिन्न । प्रभास अहिले आफ्नो अर्को फिल्म ‘राधे श्याम’ को छायांकनमा व्यस्त छन् भने सलारका निर्माण टिम पनि अहिले केजीएफ च्यापटर २ मा व्यस्त छन् ।