Rumpum Advertisement

थप १४ सय ९० संक्रमित थपिए, ९२ प्रतिशत कोरोनामुक्त

थप १४ सय ९० संक्रमित थपिए, ९२ प्रतिशत कोरोनामुक्त

विराटनगर, १७ मङ्सिर । नेपालमा बुधबार थप १४ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।

यसैगरी आज थप १५ हजार ६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख १८ हजार १६१ पुगेको छ ।

कुल संक्रमितमध्ये ९२.३ प्रतिशत कारोनामुक्त भएको गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय ३८ पुगेको छ ।