Rumpum Advertisement

अनिद्रासँग जोडिएका केही मान्यता र त्यसका तथ्य

अनिद्रासँग जोडिएका केही मान्यता र त्यसका तथ्य

विराटनगर, १७ मङ्सिर । अनिद्रा (इनसोम्निया) सबैभन्दा प्रचलित निद्राको समस्यामध्ये एक हो ।

अस्वस्थ निद्राको बानी भएका, मानसिक वा शारीरिक समस्याका कारण अधिकांश मानिसलाई अनिद्राले असर गरिरहेको छ । निद्रा लागे पनि निदाउन समस्या हुने, निदाए पनि प्रायः ब्युझने वा निद्रामा बाधा पुगिरहेको हुन्छ । अनिद्राका कारण थकान र अल्छी महसुस हुन्छ जसकारण दैनिक गरिने शारीरिक कार्यमा असर पर्छ ।

अनिद्राबाट पीडित व्यक्तिलाई शारीरिक कार्यहरू गर्न कठिनाइ हुन्छ । साथै, अनिद्राले संज्ञानात्मक क्षमता र मुडलाई समेत ठूलो प्रभाव पार्छ । अनिद्रासँग जोडिएका धेरै भ्रम तथा डर मानिसमा रहेको देखिन्छ । समाजमा सुनिने गरेका अनिद्राका बारेमा केही मान्यता र त्यसका तथ्यहरू :

मान्यता : अनिन्द्रा भनेको निदाउन नसक्नु मात्र हो ।

तथ्य : यो अनिद्राको समस्या हुँदा देखिने एक लक्षण मात्र हो । सुतिरहेको बेलामा झट्टै ब्युँझनु, ब्युझिएपछि फेरि निदाउन नसक्नु, बारम्बार निद्रामा अवरोध पुग्नु आदि पनि अनिद्राका लक्षण हुन् ।

मान्यता : सबै मानिसलाई हरेक रात आठ घण्टा निद्रा पर्याप्त हुन्छ ।

तथ्य : केही मानिसहरूलाई प्रत्येक रात आठ घण्टाभन्दा बढी निद्रा चाहिन्छ । साथै, कोहीलाई भने हरेक रात आठ घण्टाभन्दा कम निद्राले पनि पुग्न सक्छ ।

मान्यता : रक्सीले राम्रो निन्द्रा ल्याउन मद्दत गर्न सक्छ ।

तथ्य : रक्सीको सेवनपछि छिटो निद्रा लाग्ने हुन्छ तर, यसले राम्रो र पर्याप्य निद्रा पाउन मद्दत गर्दैन । रक्सीको नसा कम हुँदै जाँदा निद्रामा अवरोध आउँछ ।

मान्यता : अनिद्राको समस्यालाई उपचार गर्न गाह्रो छ ।

तथ्य : अनिद्राको कारण सहीरूपमा पहिचान गर्न सकिएमा अनिद्रालाई सजिलैसँग उपचार गर्न सकिन्छ ।