Rumpum Advertisement

युनाइटेड र पीएसजी भिड्दै

युनाइटेड र पीएसजी भिड्दै

विराटनगर, १७ मङ्सिर । युरोपकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजसी) बीचको खेल हुँदैछ ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । यस खेलमा युनाइटेड अघिल्लो चरणमा स्थान बनाउने होडमा छ ।

युनाइटेड समूह ‘एच’को शीर्ष स्थानमा छ । उसले चार खेलबाट ९ अंक बनाएको छ । अब उसलाई अघिल्लो चरण पुग्न एक अंकको आवश्यक छ ।

यता, पीएसजी भने नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ । पीएसजी ६ अंकसहित दोस्रो स्थानमा छ ।

अघिल्लो भेटमा पीएसजीलाई युनाइटेडले उसैको घरमा २–१ गोलले हराएको थियो ।

सोही समूहका आरबी लेइपिज र स्तानबुल बसाखसेर पनि प्रतिस्पर्धामा छन् । बसाखसेररको मैदानमा हुने यो खेल राति ११ः४० बजे हुनेछ । लेइपिज ६ अंकसहित तेस्रो स्थानमा छ भने ३ अंक भएको बसाखसेर पुछारमा छ ।

अघिल्लो भेटमा लेइपिजले बसाखसेरमाथि २–० गोलको जित निकालेको थियो ।