Rumpum Advertisement

विमल र विराज पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

Neuro
विमल र विराज पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं, १७ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ । बुधबार एन्फाले फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको हो ।

राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले यसअघि बंगलादेशविरुद्धको दुई वटा मैत्रीपुर्ण खेलका लागि प्रशिक्षणमा रहेका खेलाडीबाहेक २४ नयाँ खेलाडीलाई क्याम्पमा बोलाएका हुन् ।

उनले बोलाएको टोलीमा लामो समय टिमबाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर दिनेश राजवंशी र आदित्य चौधरी पनि परेका छन् ।

विराज योहान कालिन मुख्य प्रशिक्षक भएपछि टोलीबाहिर रहँदै आएका थिए । फिटनेसको कारण भन्दै कालिनले उनलाई टोलीबाहिर राख्दै आएका थिए । त्यसबाहेक एन्फा अनुशासनको कारवाहीमा परेका विमल, सन्तोष र दिनेश पनि टोलीमा परेका छन् ।

कारवाहीपछि उनीहरू टोलीबारि रहँदै आएका थिए । यसैगरी चोटका कारण लामो समयसम्म मैदानबाहिर रहेका आदित्य ३ वर्षपछि टिममा फर्किएका हुन् ।

मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

गोलकिपर – किरणकुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बू

डिफेन्डर – देवेन्द्र तामाङ, विराज महर्जन, रजिन धिमाल, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान र रोहित चन्द

मिडफिल्डर – सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा र सुनिल बल

फरवार्ड – विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विष्ट, राजीव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ