Rumpum Advertisement

नेकपा सचिवालय बैठक २० गते बस्नेगरी स्थगित

Neuro
नेकपा सचिवालय बैठक २० गते बस्नेगरी स्थगित

काठमाडौं, १७ मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार केहीबेर बैठक बसेको थियो । अब अर्को बैठक मङ्सिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।

शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न बालुवाटारमा मंगलबार पनि बैठक बसेकाे थियो । जसमा, अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ–आफ्नातर्फबाट यसअघि प्रस्तुत प्रतिवेदन र पार्टीभित्रका संकटबारे धारणा राखेका थिए ।

यसैबीच नेकपा स्थायी कमिटी बैठक पनि २१ मङ्सिरका लागि सरेको छ ।