birat ribon

गहुँको बिउमा मिसावट, व्यापारीबाट ठगिए कृषक

Neuro
गहुँको बिउमा मिसावट, व्यापारीबाट ठगिए कृषक

मोहन ढकाल

विराटनगर, १७ मङ्सिर । सुनसरीको दक्षिण्ी क्षेत्रका कृषक गहुँको बिउ खरिद गर्दा व्यापारीबाट ठगिएका छन् । देवानगञ्ज, हरिनगर, बर्जुलगायतका ठाउँमा बिउबिजन बिक्री गर्ने व्यापारीबाट कृषक ठगिएका हुन् ।

cura insider

उन्नत जातको भन्दै बिक्री गरिएको बिउमा मिसावट गरेको भेटिएपछि कृषकले बताएका छन् । स्थानीयस्तरमा उत्पादन भएको गहुँलाई रङ लगाएर उन्नत जात भन्दै बिक्री गरेको किसानहरुले बताए ।

लोकल बिउलाई उन्नत जातको बिउ भन्दै बिक्री गरिरहेको स्थानीय कृषक दीलिप यादवले बताए । तौल बढाउन बिउमा ढुङ्गालगायत अन्य बस्तु मिसावट गरेको पाइएको उनले बताए ।

धान खेतीमा पनि बाढीले क्षति पुर्‍यायो, अहिले गहुँको बिउमा व्यापारीले ठगे,’ स्थानीय कृषक अनिल यादवले भने, ‘लोकक बिउमा रङ लगाएर उन्नत जातको भन्दै बिक्री गर्दा सरकारले केही गर्दैन ।’ आफैंले सस्तोमा बिक्री गरेको गहुँ बिउका नाममा ७५ रुपैयाँ प्रतिकिलो खरिद गर्नु परेको उनले बताए ।

देवानगञ्ज गाउँपालिकाले बजार अनुगमनमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको अवस्था छैन । बजार अनुगमन भए–नभएको जानकारी नभएको भन्दै गाउँपालिकाका अध्यक्ष लाली मेहता पन्छिएका छन् । गहुँको बिउमा मिसावट नभएको र हावा गफ फिजाउन खोजेको भन्दै अध्यक्ष मेहताले आफ्नो बचाउ गरे । अनुगमनमा कर्मचारी कहिलेकाहीँ जान्छन्,’ उनले भने, मलाई केही थाहा छैन ।’

jackson ribon