Rumpum Advertisement

‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना

‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना

विराटनगर, १७ मङ्सिर । प्रविण झाको निर्देशनमा बन्न लागेको लभथ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन् ।

यसअघि फिल्ममा आर्यन सिग्देलको अपोजिटमा सुहाना थापा हुने चर्चा थियो । फिल्मको छायांकन आउँदो माघ ४ गतेबाट सुरु हुँदैछ । फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, नरेश भट्टराई, दयाराम दाहाललगायतको अभिनय रहनेछ ।

रामप्रसाद रिजालको प्रस्तुतिमा फिल्म तयार हुने फिल्ममा बिपी खनालको लेखन र केदार भुषालको पटकथा तथा सम्वाद रहने छ । निर्माण टिमका अनुसार फिल्म आगामी वर्षको साउन १ गते देशभर सार्वजनिक हुनेछ ।