Rumpum Advertisement

युभेन्टसलाई युक्रेनी क्लबको चुनौती

Neuro
युभेन्टसलाई युक्रेनी क्लबको चुनौती

विराटनगर, १७ मङ्सिर । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इटालियन क्बल युभेन्टसले युक्रेनी क्लब डायनामो किभसँग खेल्दैछ ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने यस खेल युभेन्टसको मैदानमा हुनेछ ।

यस खेलमा दुवै टोली एकअर्कालाई हराउने दाउमा छन् । समूह ‘जी’बाट बार्सिलोना र युभेन्टसले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

चार खेल खेलेको युभेन्टससँग ९ अंक छ । ऊ दोस्रो स्थानमा छ । किभ भने एक अंकका साथ तेस्रो स्थानमा छ । पछिल्लो भेटमा युभेन्टसले किभलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।

सोही समूहका बार्सिलोना र फेरेन्सभारोस पनि आज हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

राति १ः४५ बजे नै हुने सो खेल फेरेन्सभारोसको मैदानमा हुनेछ । बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ भने फेरेन्सभारोस १ अंकसहित पुछारमा छ ।

पछिल्लो भेटमा बार्सिलोनाले फेरेन्सभारोसमाथि क्याप नोउमा ५–१ गोलान्तरको जित निकालेको थियो ।