birat ribon

विराटनगरको मुख्य सडकमा दर्जनभन्दा बढी ज्यानमारा खाल्डो

Neuro
विराटनगरको मुख्य सडकमा दर्जनभन्दा बढी ज्यानमारा खाल्डो

मोहन ढकाल

विराटनगर, १७ मङ्सिर । कोसी राजमार्गको विराटनगर खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । तर निर्माणाधीन सडकखण्डमा जताततै खाल्डो छाडिएका कारण दुर्घटनाको जोखिम उच्च छ ।

cura insider

६ लेन परियोजनाअन्तर्गत निर्माणाधीन सडकको ठाउँठाउँमा खाल्डो छाडिएको छ । विराटनगर रोडशेषदेखि कञ्चनवारीसम्म बीच सडकमा दर्जनभन्दा बढी ठूलाठूला खाल्डा छन् ।

रोडशेष–कञ्चनवारी खण्डको केही स्थानमा पीच गर्न बाँकी छ । पीच गरिएको खण्डको बीच भागमा ठूला–ठूला खाल्डो छाड्दा जोखिम बढेको सवारीचालक भुषण राईले बताए । राई केही समयअगाडि खाल्डोकै कारण दुर्घटनामा परेका थिए । बाटोमा अलपत्र छाडिएका खाल्डाखुल्डीका कारण गाडीमा समेत समस्या आउने गरेको उनले बताए ।

सडकखण्डको मुनालपथ चोकको बीच भागमा खाल्डो छ । वरगाछी चोकमा पनि खाल्डो परेको छ । वरिपरिको सडक पिच गरेर ढलको चेम्बर नराखी खाल्डो खुला छाडिएको छ ।

गोग्राहा चोक, मुनाल पथ, सत्यनारायण स्कुल अगाडि, महावीर रोड, भृकुटी चोक र बसपार्कलगायतका स्थानमा ढलको चेम्बर बीच सडकमा छाडिएको छ ।

बाटोमा छाडिएका खाल्डा व्यवस्थापन गर्न सरकारले ध्यान नदिँदा समस्या भएको चालक कृष्ण मण्डलले बताए । अलपत्र छाडिएका खाल्डोका कारण रातको समयमा थप जोखिम हुने उनले बताए । ‘राती टाढाको खाल्डो नदेख्दा दुर्घटनाको जोखिम बढ्छ,’ उनले भने, ‘खाल्डोका कारण यात्रा गर्नै जोखिम छ ।’

सडकमा ढलको नाला बनाउन ढिलो भएका कारण खाल्डो पुर्न समस्या भएको ६ लेन सडक परियोजनाका प्रमुख बद्री शर्माले बताए ।

बिजुलीका पोल सार्न बाँकी भएको ठाउँमा काम ढिलो भएको बताउँदै उनले चाँडै खाल्डो पुर्ने बताए । सडक निर्माणको जिम्मा फरक–फरक ठेकेदार कम्पनीले लिएको बताउँदै उनले केही स्थानमा काम ढिलो भएको बताए ।

jackson ribon