Rumpum Advertisement

एक दिनमा तौल बढाउन कति सम्भव ?

एक दिनमा तौल बढाउन कति सम्भव ?

विराटनगर, १७ मंसिर । एक पटकमा धेरै मात्रामा खानाले तौल बढ्ने भन्ने अधिकांशको सोच हुन्छ ।

एक पटकका लागि धेरै मात्रामा खाइने खानाले हल्का पनि तौल बढ्ने भन्ने हुँदैन । गणना गर्नुपर्दा चार सय ५३ ग्राम शरीरको बोसो ३५ सय क्यालोरी बराबर हुन्छ । यस आधारमा पाँच सय ग्राम तौल बढाउनका लागि एक पटकमा ३५ सय क्यालोरीको सेवन गर्नुपर्ने हुन्छ । यो भारी मात्राको खाना एक व्यक्तिका लागि एक पटकमा खान असम्भव हुन्छ ।

खानेबित्तिकै तौलमा देखिएको अस्थीरता मुख्यतया अत्यधिक नुनको खपतको कारण पानी प्रतिधारणको कारण भएको हो । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा एक व्यक्तिले छ हप्ताको छुट्टीको अवधिमा केवल एक किलो तौल बढाउन सक्छ । अध्ययनमा भाग लिने १० प्रतिशतभन्दा कम मानिसले मात्र यस समयमा लगभग दुई केजी तौल बढाएका थिए ।

एक पटक मात्र अत्यधिक मात्रामा खानाले पक्कै पनि तौल बढाउने गर्दैन । तर, यसले पेट फुल्ने समस्या, अपचको समस्या हुन सक्छ । त्यसैले मनपर्ने खाना भए पनि ठिक्क मात्रामा खानु उत्तम हुन्छ । एकै पटकमा धेरै फ्याटयुक्त खाना खाइसकेपछि प्रशस्त पानी पिउने, फाइबरयुक्त खाना खाने र व्यायाम गर्नुपर्छ । पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न र हाइड्रेट गर्न मद्दत गर्छ । साथै, पेट फुल्ने समस्या हटाएर भोक सन्तुलित गरी मुडलाई सुधार्ने काम गर्छ ।

अत्यधिक बोसोयुक्त र मसलादार खाना खाएपछि फाइबरयुक्त खाद्य पदार्थ खानाको सेवनले पेट फुल्ने तथा कब्जियतको समस्याबाट राहत पाउन सक्छ । शरीरको क्यालोरी जलाउन पसिना निकाल्नु उत्तम तरिका हो । अत्यधिक खाएपछि हिँड्ने, दौडने, योगलगायतका शारीरिक गतिविधि गर्दा तौल बढाउनबाट बच्न सकिन्छ । अत्यधिक मात्रामा खानुलाई भने बानी बनाउनु हुँदैन ।