Rumpum Advertisement

वाग्मती सफाइ महाअभियान ४००औँ हप्तामा

Neuro
वाग्मती सफाइ महाअभियान ४००औँ हप्तामा

काठमाडौं, १७ मङ्सिर । वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको सरसफाई सानो समूहमा गरिने भएको छ ।

महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौड्यालका अनुसार कोरोना महामारीका कारण सानो– सानो समूहमा अभियान सुरु गरिने भएको हो ।

विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन गर्ने गरी समन्वयका लागि काठमाडौँ महानगरपालिकाले समेत नेतृत्व लिनुपर्ने उनले बताए ।

२०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्दैछ । वाग्मती नदी सरसफाइको प्रेरणाले सफाइ अभियान देशका १०६ भन्दा बढी ठाउँमा एकै समयमा सञ्चालन भइरहेको छ । रासस