Rumpum Advertisement

रियल मड्रिड शख्तरसँग स्तब्ध

Neuro
रियल मड्रिड शख्तरसँग स्तब्ध

विराटनगर, १७ मङ्सिर । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले पराजय ब्यहोरेको छ ।

मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा रियल युक्रेनी क्लब शख्तर डोनेस्कसँग २–० गोलले स्तब्ध भएको हो ।

शख्तरको मैदानमा घरेलु टोलीका डेन्टिन्हो र मानोर सोलोमनले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा डेन्टिन्होले गोल गर्दै शख्तरलाई सुरुआती अग्रता दिलाए ।

यस्तै खेलको ८२औं मिनेटमा सोलोमनले गोल गर्दै शख्तरलाई २–० गोलले जिताए ।

जितसँगै शख्तर समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । उसले पाँच खेलबाट ७ अंक जोडेको छ ।

रियलसँग ७ अंक भएपनि ऊ तेस्रो स्थानमा पुगेको छ । अब रियल मड्रिडले अघिल्लो चरणमा प्रवेश गर्न बोरुसिया मोन्चेनग्लाडबाचलाई हराउनुपर्ने छ ।

अघिल्लो भेटमा पनि शख्तरसँग आफ्नै मैदानमा रियल ३–२ गोलले पराजित भएको थियो ।

सोही समूहको अर्को खेलमा इन्टर मिलानले र मोन्चेनग्लाडबाचमाथि ३–२ गोलको जित निकालेको छ । जितसँगै इन्टरले ५ खेलबाट ५ अंक जोडेको छ ।

मोन्चेनग्लाडबाच भने ८ अंकसहित शीर्ष स्थानमा छ । अन्तिमपटक यी दुईले २–२ गोलको बराबरी खेलेका थिए ।

इन्टरले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । उसले अन्तिम खेलमा शख्तरलाई हराउनुपर्नेछ भने समूहको दोस्रो खेलको नतिजासमेत पर्खनुपर्नेछ ।