Rumpum Advertisement

नेकपा बैठकमा घम्साघम्सी

नेकपा बैठकमा घम्साघम्सी

विराटनगर, १७ मंसिर । सत्तारूढ दल नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ।

पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ। बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले बताए।

अध्यक्ष दाहालले कात्तिक २८ र प्रधानमन्त्री एवं अध्यक्ष ओलीले यही मंसिर १३ गते आआफ्ना प्रस्ताव राखेका थिए। तर, ती प्रस्ताव छलफलमा लैजाने र नलैजाने कार्यसूचीकै विषयमा चर्को विवाद सचिवालय बैठकमा भएको हो।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसर पारेर केक काट्ने र जन्मदिन मनाउने विशेष कार्यक्रम राखेका थिए। त्यसपछि केक काटेर नेताहरूले मुख मिठ्याएपछि बाझाबाझ गरेका थिए। अन्नपूर्ण पोस्टमा समाचार छ