Rumpum Advertisement

आयाक्सलाई हराउँदै लिभरपुल अघिल्लो चरणमा

Neuro
आयाक्सलाई हराउँदै लिभरपुल अघिल्लो चरणमा

विराटनगर, १७ मङ्सिर । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पिन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको पाँचौं खेलमा डच क्लब आयाक्सलाई १–० गोलले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान बनाएको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन कर्टिन्स जोन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५८औं मिनेटमा जोन्सले गोल गरेपछि लिभरपुल १–० गोलले विजयी भएको हो ।

यससँगै समूह ‘डी’को शीर्ष स्थानमा रहँदै लिभरपुलले अघिल्लो चरणमा स्थान बनायो । उसले पाँच खेलबाट १२ अंक जोड्यो । आयाक्स भने तेस्रो स्थानमा छ । उसँग ७ अंक छ ।

अघिल्लो भेटमा पनि लिभरपुलले आयाक्सलाई उसैको मैदानमा १–० गोलले हराएको थियो ।

सोही समूहको अर्को खेलमा अटलान्टा र मिड्जीलान्डले एक–एक गोलको बारबरी खेले । अटलान्टा ८ अंकसहित दोस्रो स्थानमा छ भने एक अंक भएको मिड्जीलान्ड पुछारमा छ ।

अघिल्लो भेटमा अटलान्टाले ४–० गोलको जित निकालेको थियो ।