Rumpum Advertisement

बालयौन दुराचारको आरोपमा फ्रान्सेली पक्राउ

बालयौन दुराचारको आरोपमा फ्रान्सेली पक्राउ

विराटनगर, १७ मंसिर । गैर पर्यटकीय भिसामा आई नेपाल बस्दै आएका एक फ्रान्सेली नागरिक बाल यौन दुराचारका आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ । नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेका कसुरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको ब्यूरोले जनाएको छ ।

नौगारेट गैरपर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए । कान्तिपुर दैनिकमा समाचार छ