Rumpum Advertisement

औषधि तस्करीमा संलग्न दबाबमा छाडिए

Neuro
औषधि तस्करीमा संलग्न दबाबमा छाडिए

विराटनगर, १७ मंसिर । भारतबाट औषधि तस्करी गरेर नेपाल भित्राएको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–१३ का ३६ वर्षीय नरेश यादव दबाबपछि हाजिर जमानीमा छाडिएका छन् ।

चौतर्फी दबाब थेग्न नसकेपछि औषधि व्यवस्था विभागले उनलाई हाजिर जमानीमा छाडेको हो । अवैध रुपमा भारतबाट औषधिको तस्करी गर्ने गरेको पाइएपछि उनलाई मंसिर ८ गते पक्राउ गरेर प्रहरीले कारबाहीका लागि विभागको जिम्मा लगाएको थियो । उनको घरबाट प्रहरीले तस्करीको चार कार्टुन अवैध औषधि पनि बरामद गरेको थियो ।

बरामद भएका औषधि रेमडिसिभिर इन्जेक्सन लगायत छन् । प्रहरीले बुझाएपछि प्रतिबन्धित औषधिको पैठारी तथा ओसापसार मुद्दामा म्याद थप गरेर विभागले अनुसन्धान थालेको थियो । तर तीन दिन बित्न नपाउँदै राजनीतिक लगायतका दबाबमा उनी छुटेका छन् ।

मुद्धाको अनुसन्धान भने विभागले जारी राखेको छ । तर यसरी अभियुक्तलाई हाजिर जमानीमा छाड्दा प्रमाण लोप गराउनसक्ने सम्भावना बढेको कानुन व्यवसायीले बताए । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले आवश्यक परेका बेला उपस्थित गराउने गरी यादवलाई छाडिएको जनाए । हाम्रोमत दैनिकमा समाचार छ