Rumpum Advertisement

पाँचथरमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते

पाँचथरमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते

विराटनगर, १७ मंसिर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बोलेरो गाडी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर पाँचथर फिदिम–१ का २० वर्षीय अर्जुन शंकारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा फिदिम अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा सुनसरीको धरान–१ का ३० वर्षीय प्रमोद गुरुङ र झापाको बिर्तामोडका २१ वर्षीय अर्जुन मगर घाइते भएका छन् । गम्भीर अवस्थामा उनीहरुको टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको एसपी शर्माले जनाए ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको बोलेरो मंगलबार साँझ ७ः५० बजेतिर दुर्घटनामा परेको हो । आफै अनियन्त्रित भएर गाडी सडकबाट एक सय मिटर तल खसेको थियो । एसपी शर्माले दुर्घटनाका बारेमा अनुसन्धान थालिएको बताए ।