birat ribon

एकै दिन ११ हजार बढी संक्रमितको मृत्यु

Neuro
एकै दिन ११ हजार बढी संक्रमितको मृत्यु

विराटनगर, १७ मंसिर । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

एकै दिन ११ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । यो संख्या केही दिनयताकै उच्च हो । पछिल्लो २४ घण्टामा ११ हजार दुई सय एक जनाले ज्यान गुमााएसँगै विश्वमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ लाख ८५ हजार ९२ पुगेको छ ।

cura insider

हालसम्म विश्वमा छ करोड ४१ लाख ३० हजार तीन सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको वाल्डो मिटरले जनाएको छ । एकै दिन पाँच लाख २७ हजार सात सय ९१ नयाँ बिरामी थपिए ।

संक्रमितमध्ये चार करोड ४३ लाख ३९ हजार ६१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त बनेका छन् । एक करोड ८३ लाख छ हजार एक सय ९८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये एक लाख पाँच हजार सात सय ८६ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटरले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन केही समययताकै उच्च संख्यामा संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५२ जना संक्रमितले ज्यान गुमाए । हालसम्म अमेरिकामा मृत्यु हुने संक्रमितको संख्या दुई लाख ७६ हजार सात सय १७ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ५६ हजार छ सय ४९ नयाँ संक्रमित थपिए । जम्मा संक्रमित संख्या एक करोड ४० लाख ८२ हजार नौ सय ६७ पुगेको छ । संक्रमितमध्ये ८३ लाख १४ हजार एक सय ९४ जना निको भएका छन् । ५४ लाख ९२ हजार ५६ जना उपचाररत रहेकोमा २५ हजार तीन सय ८३ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको भारतमा एकै दिन चार सय ३२ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या एक लाख ३८ हजार ९० पुगेको छ । पछिल्लो २४ घण्टामा ३२ हजार चार सय सात नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ९४ लाख ९५ हजार छ सय ६१ पुगेको छ ।

संक्रमितमध्ये ८९ लाख २६ हजार नौ सय ५० जनाको सफल उपचार भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् । चार लाख ३० हजार छ सय २१ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ को अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एकै दिन छ सय ५२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या एक लाख ७३ हजार आठ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५० हजार पाँच सय नौ जना नयाँ बिरामी थपिएपछि जम्मा संक्रमितको संख्या ६३ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।

संक्रमितमध्ये ५६ लाख एक हजार आठ सय चार जना उपचारपछि डिस्चार्ज भएका छन् । छ लाख ११ हजार एक सय ६६ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon