Rumpum Advertisement

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छ : कमल थापा

Neuro
राप्रपालाई वैकल्पिक शक्ति बनाइने छ : कमल थापा

काठमाडौं, १६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रूपमा पार्टीलाई स्थापित गरिने बताएका छन् । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।

उनले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।

पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए । रासस