सिमकोट, १६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक ढिक्का हुने बताएका छन् ।
विमानस्थाल अनुगमन गर्न मंगलबार सिमकोट पुगेका मन्त्री भट्टराईले नेकपा नफुट्ने उल्लेख गर्दै अर्को ५० वर्षसम्म बहुमतको सरकार यथावत रहने बताए ।
उनले भने, ‘ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।’
देशको भाग्य र भविष्य नेकपासँग जोडिएको हुनाले पनि अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गर्दै उनले बहुमतको सरकार यथावत रहने बताए ।
मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताउँदै मन्त्री भट्टराईले हिजोका दिनमा विदेशी हस्तचेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको दाबी गरे । रासस
Bhattaraiji Ke ko laddo ke sita khanu jastai jastai garera Chhora Nati lai pani Mantry banaune khwab ma rahe6n.