Rumpum Advertisement

यी हुन् २०२१ मा रिलिज हुने पाँच बलिउड सिक्वेल फिल्महरू

यी हुन् २०२१ मा रिलिज हुने पाँच बलिउड सिक्वेल फिल्महरू

विराटनगर, १६ मङ्सिर । सन् २०२० मा रिलिज हुन लागेका थुप्रै बलिउड फिल्महरू २०२१ मा रिलिज हुन लागेका छन् । कोरोना कहरका कारण थिएटर रिलिज सम्भव नभएपछि प्रायः फिल्महरू ओटिटीमार्फत रिलिज भएका थिए ।

तर अझै थुप्रै फिल्महरू सिनेमा हलमै रिलिज गर्न २०२१ को पर्खाइमा छन् । स्थिति सामान्य हुँदै जाँदैछ, विस्तारै फिल्म हलहरू पनि सञ्चालनमा आउँदै छन् । सन् २०२१ मा केही ठूला ब्यानरका यी सिक्वेल फिल्महरू पनि रिलिज गरिने तयारीमा छन्ः

भुल भुलैया २ : यो फिल्म २००७ मा आएको अक्षयको कुमारको फिल्म ‘भुलभुलैया’ को सिक्वेल हो । फिल्मलाई प्रिया दर्शनले निर्देशन गरेका थिए र सिक्वेललाई पनि उनैले निर्देशन गर्ने भएका छन् ।

फिल्ममा कार्तिक आर्यन र कायरा अड्बानीसँगै तब्बुको पनि अभिनय रहनेछ । फिल्मलाई भुषण कुमारले निर्माण गर्नेछन् । फिल्मको सुटिङ लगभग सकिसकेको छ तर फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन । फिल्मको फर्स्ट लुक रिलिज हुँदा फिल्म ३१ जुलाई २०२० मा रिलिज गरिने भनिएको थियो । यसैकारण पनि फिल्म २०२१ को जुन वा जुलाईमा रिलिज हुनसक्ने सम्भावना छ ।

अपने २ : धर्मेन्द्र, सनी देओल र बबी देओलको फेमिली ड्रामा फिल्म ‘अपने’ को सिक्वेल बन्ने भएको छ । ३० नोभेम्बरमा फिल्मको सिक्वेल ‘अपने २’को घोषणा भएको हो । ‘अप्ने’ फिल्म २००७ मा रिलिज भएको थियो । त्योबेलाको हिट फिल्मको सिक्वेल अहिले बन्छ भनेर कसैले कल्पना पनि गरेका थिएनन् होला । ‘अपने २’ मा देओल परिवारका तीन पुस्ता धर्मेन्द्र, सनी देओल, बबी देओल र सनीका छोरा करण देओलको मुख्य भूमिका रहनेछ ।

पहिलो पटक देओल परिवारको तीन पुस्ताले फिल्ममा एकसाथ काम गर्न लागेको हो । करण देओलले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

अब उनले दोस्रो फिल्मको रूपमा ‘अपने २’ गर्न लागेका हुन् । फिल्मलाई अनिल शर्माले निर्देशन गर्न लागेका हुन् । यो फिल्म २०२१ को दीपावलीमा रिलिज हुनेछ ।

गो गोवा गोन २ : २०१३ मा रिलिज भएको एक्सन कमेडी थ्रिलर फिल्म ‘गो गोवा गोन’ बलिउड इन्डस्ट्रीको अहिलेसम्मकै अलग फिल्म मानिन्छ । फिल्ममा शैफ अली खानसँगै कुनाल खेमु, वीर दास, आनन्द तिवारीलगायत कलाकारको अभिनय रहेको थियो ।

यस फिल्मको सिक्वेल बन्ने पक्का भएको छ । फिल्ममा पुरानै कलाकार दोहोरिने भएका छन् । फिल्म ‘गो गोवा गोन २’ २०२१ को मार्च महिनामा रिलिज हुनेछ।

सत्यमेव जयते २ : यो फिल्म २०१८ मा आएको ‘सत्यमेव जयते’ को सिक्वेल हो । फिल्मलाई लन जाभेरीले निर्देशन गरेका थिए र फिल्मको सिक्वेललाई पनि उनैले निर्देशन गर्दैछन् । फिल्म्ममा जोन अब्राहम र मनोज वाज्पये फेरि एकपटक फिल्ममा एकसाथ देखिँदै छन् । निखिल आडवाणीले फिल्मलाई निर्माण गर्दैछन् । फिल्म २०२१ को इदमा रिलिज हुने छ ।

हिरोपन्ती २ : सन् २०१४ मा रिलिज भएको टाइगर श्राफको डेब्यू फिल्म ‘हिरोपन्ती’ बक्सअफिसमा हिट भएको थियो । अब फिल्मको सिक्वेल ‘हिरोपन्ती २’ बन्ने भएको छ । फिल्म ‘हिरोपन्ती’ मा टाइगरको अपोजिट कृति सनोन थिइन तर सिक्वेलमा तारा सुतरिया हुने भएकी छन् ।

कोरोना कहरका कारण फिल्मको सुटिङ रोकिएको थियो । भारतीय मिडियाका अनुसार फिल्मको यसै महिनादेखि सुरु हुनेछ । यो फिल्म जुलाई २०२१ मा रिलिज हुनेछ ।