Rumpum Advertisement

एकै घरका चार छोराछोरी अपाङ्गता भएका परिवारलाई एक लाख प्रदान

Neuro
एकै घरका चार छोराछोरी अपाङ्गता भएका परिवारलाई एक लाख प्रदान

इटहरी, १६ मङ्सिर । इटहरी वडा नम्वर दुईको तामाङ्ग चौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस वर्ष पनि एक लाख रुपैयाँ प्रदान गरेको छ ।

इटहरी–२ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् । तामाङ्ग परिवारका १५ देखि ३० वर्षसम्मका दुई छोरा र दुई छोरी दृष्टिविहीन छन् ।

कान्छो छोराबाहेक कोही पनि बोल्नसमेत सक्दैनन् । उठेर हिँडन त परै जाओस्, बस्नसमेत सक्दैनन् । अलिअलि मात्र आँखा देख्नसक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजुदिदीको जस्तै बन्दैगएको छ ।

गत वर्ष पनि चार जना अपांङ्गता भएका छोराछोरीको भरणपोषणका लागि प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख गौतमले उपमहानगरको तर्फबाट एकलाख रुपैयाँको चेक घरैमा गएर प्रदान गरेका थिए ।