Rumpum Advertisement

ह्यामिल्टनलाई कोरोना संक्रमण

ह्यामिल्टनलाई कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । मर्सिडिज चालक लेविस ह्यामिल्टनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मर्सिडिजले मंगलबार सातौं पटकको फर्मुला वान च्याम्पियन ह्यामिल्टनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

कोरोना देखिएपछि बेलायती चालक ह्यामिल्टन होम आइसोलेशनमा बसेका छन् । यस्तै कोरोना संक्रमणका कारण उनले बहराइनमा हुने शाखिर ग्राण्ड प्रिक्स गुमाउने भएका छन् ।