birat ribon

नेकपामा विवाद झन् चर्कियो : बैठकमा बाझाबाझ,ओलीको पक्षमा महासचिव मात्रै

Neuro
नेकपामा विवाद झन् चर्कियो : बैठकमा बाझाबाझ,ओलीको पक्षमा महासचिव मात्रै

काठमाडाैं, १६ मङसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको चर्काचर्की भएकाे छ । मंगलबार महासचिव विष्णु पौडेलको बर्थ सेलिब्रेसनपछि सुरु भएको बैठकमा अध्यक्षद्वयबीच चर्काचर्की भएकाे हाे ।

बैठकको सुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डमाथि खनिएका थिए । प्रधानमन्त्री ओलीले होच्याएर बोल्न खोजेपछि दुई अध्यक्षबीच चर्काचर्की भएको हाे । अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि सचिवालयका अन्य सदस्य प्रधानमन्त्रीमाथि खनिएका थिए । महासचिव पौडेल भने चुपचाप बसेका थिए ।

cura insider

चर्काचर्कीबीच बैठककाे अन्त्यमा प्रचण्डले बुधबार दिउँसो १ बजे बैठक बस्ने बताए । तर प्रधानमन्त्री ओली बैठकको औचित्व नभएको भन्दै उठेर हिँडेका थिए ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठक सुरु भएपछि प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने बताएका थिए । तर प्रचण्डले प्रस्ताव छलफल गर्ने-नगर्ने बैठकले निर्णय गर्ने भन्दै फिर्ता नलिने बताएका थिए ।

ओलीले बहुमत–अल्पमतका आधारमा नभई सहमतिमार्फत निर्णय हुनुपर्ने र बहुमतको निर्णय आफूले नमान्ने बताए ।

ओलीले प्रचण्डले पेस गरेकाे प्रस्तावमा छलफल नहुने बताउँदा विष्णु पौडेलबाहेक अन्य नेताले असहमति जनाएका थिए ।

आफ्नै पक्षका नेता इश्वर पोखरेलले पनि दुवै प्रस्तावमाथि छलफल हुनुपर्छ भनेपछि ओली केही नरम भएका थिए ।

jackson ribon