Rumpum Advertisement

अब सरकार गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

Neuro
अब सरकार गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ, १६ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब सरकारको लक्ष्य विकास र समृद्धितर्फ हुनुपर्ने बताएका छन् । मंगलबार तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको उद्घाटन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

पुल उद्धाटन गर्दै वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताए । यस्तै उनले सरकार गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ । गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पु¥याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।’

गाउँमै बिजुली, विद्यालय, सडक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम सुरु भएको नेता पौडेलको भनाइ थियो ।

उनले भने, ‘अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ ।’

विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गिसकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।