Rumpum Advertisement

वैवाहिक बन्धनमा बाँधिदै रमेश

वैवाहिक बन्धनमा बाँधिदै रमेश

विराटनगर, १६ मंसिर । प्रखर वक्ता तथा गायक रमेश प्रसाईँ विवाह गर्ने भएका छन् । उनी कालीकोटकी नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिने भएका हुन् ।

उनीहरूले तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । रमेश र नन्दाको विवाह आगामी २२ गते सोमबारका दिन तय भएको छ । उनीहरू दुवै दृष्टिविहीन हुन् ।

अबल वक्तृत्व क्षमताका कारण चर्चामा रहेका रमेशलाई ‘रिंकेबुङको राँगो’ बोलको गीतले अझ चर्चामा ल्याएको छ । नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।