Rumpum Advertisement

सिटी र पोर्टो प्रतिस्पर्धामा

सिटी र पोर्टो प्रतिस्पर्धामा

विराटनगर, १६ मंसिर । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगलको पोर्टोले खेल्दैछन् । पोर्टोको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १ः४५ बजै हुनेछ ।

समूह ‘सी’मा अपराजित रहेको सिटीले अघिल्लो चरणमा स्थान बनाइसकेको छ । ऊ १२ अंकसहित शीर्ष स्थानमा छ भने पोर्टो ९ अंकसहित दोस्रो स्थानमा छ ।

आजको खेलमा पोर्टो सिटीलाई हराउँदै अघिल्लो चरणमा स्थान बनाउने दाउमा छ । अघिल्लो भेटमा सिटीले पोर्टोलाई ३–१ गोलले हराएको थियो ।

सोही समूहका ओलम्पियाकस र मार्सेलीले खेल्दैछन् । राति १ः४५ हुने यो खेल मार्सेलीको मैदानमा हुनेछ । मार्सेली अंकविहीन हुँदै चौथो स्थानमा छ भने ३ अंक भएको ओलम्यिाकस तेस्रो स्थानमा छ ।

अघिल्लो भेटमा मार्सेली ओलम्पियाकससँग १–० गोलले पराजित भएको थियो ।