Rumpum Advertisement

८ हजार ५८३ नमूना परीक्षण गर्दा १३ सय ४ जनामा कोरोना संक्रमण

८ हजार ५८३ नमूना परीक्षण गर्दा १३ सय ४ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । नेपालमा मंगलबार थप १३ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५८३ जनाको पीसीआर परीक्षण गर्दा थप १३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

यसैगरी बिहीबार थप २ हजार ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख १६ हजार ५९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय २९ पुगेको छ ।