विराटनगर, १६ मङ्सिर । कोरोना महामारीकाबीच सुरु भएको कक्षा १२ को परीक्षा सकिएको छ । ९ मंसिरबाट सुरु भएको कक्षा १२ को परीक्षा मंगलबारबाट सकिएको हो ।
कोरोना महामारीका कक्षा १२ को परीक्षा ८ महिनापछि धकेलिएको थियो । स्वास्थ्य मापदण्डसहित ४० पूर्णाङ्कका लागि परीक्षा आयोजना गरिएको थियो ।
एक सय पूर्णाङ्कको परीक्षाका लागि २० प्रतिशत आन्तरिक मूल्याङ्कन, ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र ४० प्रतिशतका लागि लिखित परीक्षा भएको थियो ।
