Rumpum Advertisement

महानगरपालिकाद्वारा प्लाज्मा आदानप्रदान गर्ने एप विकास

महानगरपालिकाद्वारा प्लाज्मा आदानप्रदान गर्ने एप विकास

विराटनगर, १६ मंसिर । कोभिड संक्रमितको उपचारमा आवश्यक पर्ने प्लाज्मा आदानप्रदानलाई सहज बनाउन विराटनगर महानगरपालिकाले एप्लिकेसन सुरु गरेको छ ।

महानगरले निर्माण गरेको एप सोमबार मेयर भीम पराजुलीले शुभारम्भ गरेका हुन् । व्यक्तिगत विवरण राखेर दाता र प्राप्तकर्ताबीच संमन्वय गराउन एपले मद्दत गर्ने बताइएको छ ।

व्यक्तिले एपमा संक्रमित भएको मिति, संक्रमणमुक्त भएको मिति राख्ने व्यवस्था गरेको छ । त्यसको अध्यावधिक विराटनगर महानगरपालिकाले गर्ने निर्माणकर्ताको भनाइ छ । संक्रमणमुक्त भएको ३० दिनभित्र प्लाजमा दान गरिसक्नु पर्नेछ । त्यस समयमा दान गर्न नपाउनेको महानगरले प्लाज्मा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाउने छ ।

शुभारम्भ कार्यक्रममा महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत लिलामणि पोखरेल, जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।