birat ribon

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

Neuro
सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

विराटनगर, १६ मंसिर । प्रदेशका विभिन्न स्थानहरुमा सोमबार भएको सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ ।

सोमबार बिहान सवा ८ बजे मोरङको ग्रामथान गाउँपालिका–१ मा को१त ८८१३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्रयाक्टरका सहचालक बुढीगंगा गाउँपालिका–१ का ४० वर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।

cura insider

यसैगरी मोरङकै विराटनगर महानगरपालिका–९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

को१२प ३६५ नम्बरको मोटरसाइकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाइकलमा सवार विराटनगर–१५ की ६० वर्षीया मनकामना झा घाइते भएकी थिइन् । घाइतेलाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

यस्तै झापाको दमक नगरपालिका–४ ताराबारीमा सोमबार दिउँसो सवा १ बजे मे१त ६१९६ नम्बरको ट्रयाक्टरले स्थानीय तुलसी धिमालका आठ वर्षीय छोरा जेनिस धिमाललाई ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते भएका बालकलाई उपचारका लागि अरनिको अस्पताल लगी उपचार भइरहेकोमा उपचारको क्रममा साढे १ बजे बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी इलामको फाकफोकथुम गाउँपालिका–५ थुम्का भीरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर इलाम जाँदै गरेको को२च १५ नम्बरको पिकअप आफैं अनियन्त्रित भई थुम्का भीरबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका–९ का ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका–११ का ३० वर्षीय नवीन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

jackson ribon