विराटनगर, १६ मंसिर । यतिबेला सामाजिक सञ्जालभरि सुपरस्टार शाहरुख खानका तस्बिरहरू भाइरल बनिरहेका छन् । फिल्म ‘जिरो’ फ्लप भएपछि सिनेमा क्षेत्रदेखि टाढा रहेका खान पछिल्लो समय फिल्म ‘पठान’का लागि कडा मेहनत गरिरहेका छन् ।
एक दमदार कमब्याक दिनका लागि नयाँ कन्टेन्टसँगै नयाँ अवतारको पनि एकदमै आवश्यकता पर्ने गर्छ प्राय बलिउड इन्डस्ट्रीमा । केही दिनदेखि शाहरुख खानको यशराज स्टुडियो बाहिर लिएको तस्बिर भाइरल बनिरहेका छन् ।
भारतीय मिडियाका अनुसार त्यो तस्बिर शाहरुखको एक फ्यानले यशराज स्टुडियो बाहिरबाट खिचेका हुन् । लग्भग दुई वर्षपछि शाहरुख सुटिङका लागि बाहिर निस्केका हुन् । शाहरुखको नयाँ लुक्स झट्ट हेर्दा फिल्म डन–२ मा रहेको शाहरुखको लुक्स याद आउँछ ।
हुन त फिल्म ‘पठान’ सम्बन्धी कुनै अधिकारिक जानकारी भने केही खुलेको छैन । केही प्रशंसकहरुले फैलाएको अफवाह पनि हुनसक्छ । तर भारतका थुप्रै चर्चित मिडियाहरुले शाहरुखको आगामी फिल्म ‘पठान’ नै रहेको दावी गरेका छन् ।