birat ribon

नेकपा सचिवालय बैठक आज, दुई अध्यक्षले पेस गरेको प्रस्तावमाथि छलफल हुने

Neuro
नेकपा सचिवालय बैठक आज,  दुई अध्यक्षले पेस गरेको प्रस्तावमाथि छलफल हुने

विराटनगर, १६ मंसिर । आन्तरिक विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बालुटारमा बैठक बस्न लागेकाे हाे । यस अघि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने निर्णय भएकाे थियाे । तर सुरक्षाकाे कारण देखाउँदै बैठक पून बालुवाटारमै बस्ने भएकाे हाे ।

cura insider

बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेका प्रस्तावमा छलफल हुनेछ ।

यस अघि प्रचण्डले १९ पृष्ठलामो प्रतिवेदन पेस गरेका थिए । प्रचण्डले पेस गरेको प्रस्तावको जवाफमा शनिबार प्रधानमन्त्री ओलीले ३८ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।

प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्तावको प्रचण्डले जवाफ दिने तयारी रहेकाे स्रोतले बताएको छ ।

jackson ribon