Rumpum Advertisement

प्रदेश कार्यालयमा चिया र पानी खर्चसमेत कटौती

प्रदेश कार्यालयमा चिया र पानी खर्चसमेत कटौती

विराटनगर, १६ मंसिर । प्रदेश १ सरकारले आफ्ना मन्त्रालय र प्रदेश सरकारका निकायहरुमा पठाएको परिपत्रका कारण साधारण चिया र पिउने पानीमासमेत खर्च गर्न नसक्ने अवस्था आएको छ ।

कोरोना महामारीका कारण स्वास्थ्य उपचारमा खर्च बढेको र राजस्व संकलनमा प्रभाव परेकोभन्दै सरकारले खर्च कटौतीका लागि विभिन्न शीर्षकमा विनियोजन गरिएको बजेट खर्च गर्न रोक लगाएको छ । कात्तिक २ गते गरिएको परिपत्रअनुसार विविध अन्तर्गतको विनियोजित बजेटसमेत खर्च नहुने अवस्था छ ।

प्रदेश १ प्रदेशसभाका एक कर्मचारीले अतिथि सत्कारका लागि खर्चको बिल नबन्ने भएपछि कार्यालयमा चिया बन्न छाडेको जानकारी दिए । सरकारले खर्च कटौतीको प्रयत्न गरेको र विविध शीर्षकको खर्च रोकिएका कारण केही कठिनाई भएको उनको भनाइ छ । विविध शीर्षक अन्तर्गत चिया, पानी, खाजा, साना र थोरै खर्च हुने मसलन्द आदिमा पर्छ ।

उक्त खर्चको बिल पास नहुने भएपछि कार्यालयहरुमा अन्यौल बढेको छ । कार्यालय सञ्चालनमा बिजुली, खानेपानी, अतिथि सत्कार जस्ता साधारण खर्च अनिवार्य हुन्छ । त्यसका लागि कुन शीर्षकबाट खर्च गर्नेभन्ने अन्योल उत्पन्न भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर खत्रीले भने चिया र पानीमै खर्च गर्न गाह्रो नभएको बताए । अनआवश्यक खर्च कटौती गर्न सरकारले निर्णय गरेपछि निर्णयअनुसार नियन्त्रण गरे पनि गर्नै पर्ने खर्चमा भने सम्बन्धित कार्यालयले अनुरोध गर्नसक्ने उनको भनाइ छ । हाम्रोमत दैनिकमा समाचार छ