Rumpum Advertisement

उपचार गराउन लगिएकी आमाको मोटरसाइकलबाट खसेर मृत्यु

उपचार गराउन लगिएकी आमाको मोटरसाइकलबाट खसेर मृत्यु

विराटनगर, १६ मंसिर । अचानक बिरामी भएर उपचारका लागि लगिएकी विराटनगरकी एक वृद्धाको मोटरसाइकलबाट लडेर सोमबारसाँझ मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर घाइते भएकी विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनाकामना झाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले मोटरसाइकलबाट खसेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ बजेतिर ज्यान गएको जानकारी दिए ।

उनका अनुसार अचानक आमा बिरामी परेपछि छोरा २२ वर्षीय राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लग्दै थिए । अस्पताल लैजाने क्रममा बिरामले झ्न च्यापेर थामिन नसकेकी वृद्धा विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् ।

तत्काल छोराले उपचारका लागि न्युरो अस्पताल पुर्याए पनि उनी जीवित रहन सकिनन् । प्रहरीले मोटरसाइकल र चालकसमेत रहेका छोरा राजनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।